आधा दर्जन बैंक तथा वित्तीय संस्थामाथि कारबाही

हिमाल प्रेस ६ कार्तिक २०८१ १५:४८ | Tuesday, October 22, 2024
आधा दर्जन बैंक तथा वित्तीय संस्थामाथि कारबाही राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ७ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ। बैंकले अनुसार मितेरी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सालपा विकास, जानकी फाइनान्स, गोर्खाज फाइनान्स, प्रोग्रेसिभ र रिलायन्स फाइनान्सलाई राष्ट्र बैंकले कारबाही गरेको जनाएको छ।

राष्ट्र बैंकले पहिलो त्रैमासमा सिन्धु विकास बैंक र सालपा विकास बैंकले वित्तीय विवरण बुझाउन ढिलाइ गरेको भन्दै यी यी दुई बैंकका संचालक र सीईओलाई सचेत गरेको हो।

भने मतेरी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेको भन्दै कारबाही गदै दुवैका सञ्चालक समिति र सीईओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकमा रिलायन्स फाइनान्सलाई भने नगद जरिवाना तिराएको जनाएको छ। नगद मौज्दात कायम नगरेका भन्दै रिलायन्स फाइनान्सलाई ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे हो।

राष्ट्र बैंकका अनुसार प्रोग्रेसिभ र जानकी फाइनान्सले वित्तीय विवरण बुझाउन ढिलाइ गरेको भन्दै कारबाही गरेको छ। यता यता, गोर्खाज फाइनान्सका सञ्चालक र सीईओलाई सचेत गराइएको छ।

चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा ३ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई केन्द्रिय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट कारावही गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०८१ १५:४८ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast