नेसपाको विधान मस्यौदा छलफल : ‘अब बाबुरामलाई देखाएर मात्र पार्टी बन्दैन’

हिमाल प्रेस ६ कार्तिक २०८१ १०:११ | Tuesday, October 22, 2024
नेसपाको विधान मस्यौदा छलफल : ‘अब बाबुरामलाई देखाएर मात्र पार्टी बन्दैन’

पोखरा- नेपाल समाजवादी पार्टी (नेसपा)को विधान मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्ष सुनाउनेक्रम सुरु भएको छ। सोमबार १० समूहमा विधान मस्यौदामाथि छलफल भएको थियो। आज सोही समूह प्रमुखले विधानमा संशोधन गर्नुपर्ने बुँदा प्रस्तुत गरिरहेका छन्।

पार्टीको झण्डा, नाम, विचार मिल्ने दलसँग कार्यगत एकता, पार्टी एकता, कृषि, शिक्षा, स्वास्थलगायत विविध विषय संशोधन परेको छ। समूहगत छलफलको निष्कर्ष सुनाउन १० मिनेट समय छुट्याइएको छ। सबै समूहले दिएको सुझाव संश्लेषणसहित विधान पारित गरेर महाधिवेशनको मिति घोषणा प्रतिनिधि टंक धमलाले जानकारी दिए।

उनको भनाइमा त्यसको लागि निर्वाचन आयोग गठन हुन्छ। सांगठनिक कार्ययोजना, समसामयिक प्रस्ताव र आयव्ययको प्रस्तुत गरेर अधिवेशन समापन हुन्छ।

‘बाबुरामलाई देखाएर मात्रै पार्टी बन्दैन’

जारी विधान अधिवेशनमा अब पार्टी संयोजक डा. बाबुराम भट्टराईलाई देखाएर मात्रै पार्टी नबन्ने कुरा उठेको छ। विधान मस्यौदामाथि हिजो भएको समूहगत छलफलको निष्कर्ष सुनाउँदै समूह तीनका लक्ष्मण कार्की सन्देशले उक्त कुरा बताएका हुन्।

उनले पार्टीको नेतृत्वमा जानेले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने बताउँदै भने, ‘विचार र नेतृत्वको बारेमा गम्भीर हुनुपर्छ। नेतृत्वमा जानेले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्छ। बाबुरामलाई देखाएमात्रै पार्टी बन्दैन। सबैमा साथीहरूमा नेतृत्वको विकास गर्न जरुरी छ।’

विधान मस्यौदामाथि छलफल गरि बोलेका प्रतिनिधिले पार्टी अनुशासनहीन गतिविधि बढेको पनि बताएका छन्। पार्टीको अनुशासन संगठनलाई प्रभावकारी बताउनुपर्ने बताए।

प्रतिनिधि निशा श्रेष्ठले दलित, युवा, महिलालाई अगाडि ल्याउनुपर्ने बताइन्। ‘पार्टीले युवा, महिला, पुरुष, नयाँ, पुराना सबैलाई लिएर जाँदा पार्टी बलियो हुन्छ।’ उनले भनिन्। प्रतिनिधिले विधान मस्यौदामाथि सुझाव दिनेक्रम जारी छ।

प्रकाशित: ६ कार्तिक २०८१ १०:११ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast