सर्लाहीबाट १० केजी गाँजासहित एक जना पक्राउ

हिमाल प्रेस ४ कार्तिक २०८१ २०:१२ | Sunday, October 20, 2024
सर्लाहीबाट १० केजी गाँजासहित एक जना पक्राउ

काठमाडौँ- प्रहरीले सर्लाहीबाट १० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

ब्रहम्पुरी गाउँपालिका–५ सखुवा बस्ने २१ वर्षीय पंकज साहलाई प्रहरीले पक्राउ गरेको हो। साहलाई घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

विशेष सूचनाको आधारमा खानतलासी गर्दा साहले लुकाएर राखेको अवस्थामा १० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिई उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

प्रकाशित: ४ कार्तिक २०८१ २०:१२ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast