एमाले सचिवालय बैठक : रावल, बिन्दा र उषाकिरणलाई स्पष्टीकरण सोध्ने

हिमाल प्रेस ४ कार्तिक २०८१ १९:२४ | Sunday, October 20, 2024
एमाले सचिवालय बैठक : रावल, बिन्दा र उषाकिरणलाई स्पष्टीकरण सोध्ने फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले भीम रावलसहित तीन जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आइतबार बसेको सचिवालय बैठकले नेता रावलसहित बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

महासचिव शंकर पोखरेलले पाण्डे र तिमिल्सिनाले कीर्तिपुरमा निर्माण भइरहेको पार्टी कार्यालयको विरूद्धमा बोलेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिएका छन्।

त्यस्तै पार्टीको नीतिविपरित गतिविधि गरेको भन्दा नेता रावललाई स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए।

बैठकमा समसामयिक विषयवस्तुमा छलफल भएको पोखरेलले जानकारी दिए।

प्रकाशित: ४ कार्तिक २०८१ १९:२४ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast