काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले आइतबार कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित गरेको छ। बोर्डले भदौ २५ र २६ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार परीक्षामा सहभागी एक लाख २२ हजार १७१ परीक्षार्थीमध्ये ८६ हजार २४६ जनाले ग्रेड प्राप्त गरेका छन्।
ग्रेड प्राप्त प्रतिशत ७०.६० रहेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। २ जनाको परीक्षा रद्द गरिएको र तीन जनाको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ।
परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np र नेपाल टेलिकमको website : www.neb.ntc.net.np बाट प्राप्त गर्न सकिनेछ। साथै नेपाल टेलिकमको १६०० मा NEB Symbol No. टाइप गरी १६०० मा SMS गरेमा पनि नतिजा उपलब्ध हुनेछ।
:
प्रकाशित: ४ कार्तिक २०८१ १२:४० | Sunday, October 20, 2024
प्रतिक्रिया



