‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’

हिमाल प्रेस २ कार्तिक २०८१ ११:४९ | Friday, October 18, 2024
‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’

काठमाडौँ- फिल्म ‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ। गीतमा अनु चौधरीको स्वर छ। प्रशान्त शिवाकोटीको शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन्।

भिडियोमा मोडल अलिशा शर्माले नृत्य प्रस्तुत गरेकी छन्। फिल्म यही कार्तिक २२ मा छठ पर्वको अवसरमा प्रदर्शन हुनेछ।

नवीन भट्टको निर्देशनमा बनेको फिल्ममा सन्दिप श्रेष्ठ र नबिन भट्टको संयुक्त लेखन छ। फिल्ममा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय छ। सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

जितु तामाङले छायांकन गरेको फिल्म रोशन दास, प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन, केशव राज भट्टको कोरियोग्राफी, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजनमा बनेको छ।

फिल्मका निर्माता मनोज कुमार अधिकारी हुन्। फिल्म बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको हो।

प्रकाशित: २ कार्तिक २०८१ ११:४९ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast