‘कर्मा’ को मुख्य भूमिकामा विपिन कार्की

हिमाल प्रेस २ कार्तिक २०८१ ११:१४ | Friday, October 18, 2024
‘कर्मा’ को मुख्य भूमिकामा विपिन कार्की

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘कर्मा’ को मुख्य भूमिकामा विपिन कार्की अनुबन्धित भएका छन्।

निर्माण टिमले अभिनेता कार्कीसहितको पोस्टर सार्वजनिक गरेको छ। साथै टिमले छायांकन अगाडी नै चैत २९ लाई प्रदर्शनको मितिसमेत बुक गरिसकेको छ।

फिल्म आगामी मंसिरदेखि छायांकन गर्ने निर्माण टिमको तयारी छ। निर्देशक चौधरी स्वयंको कथा रहेको फिल्म एक्सन, ड्रामा र एडभेन्चर जनरामा बन्नेछ। निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर(१’ र ‘लभ डायरिज’ निर्देशन गरेका थिए।

वसन्त लम्सालको लगानीमा बन्ने फिल्ममा आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहनेछ।

प्रकाशित: २ कार्तिक २०८१ ११:१४ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast