स्रोत नखुलेको आठ लाख रूपैयाँसहित एक जना पक्राउ

हिमाल प्रेस ३० असोज २०८१ १९:२९
16
SHARES
स्रोत नखुलेको आठ लाख रूपैयाँसहित एक जना पक्राउ

महोत्तरी– महोरीबाट प्रहरीले स्रोत नखुलेको आठ लाख रूपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

महोत्तरीको जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा प्रहरीले स्रोत नखुलेको रु. आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–७ बस्ने २८ वर्षीय रामस्नेही साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले बताए।

बीआर ३० एएफ ३८७६ भारतीय नम्बरको मोटरसाईकलमा चढेर मनरासिश्वा नगरपालिका–२ स्थित भोल्ही चोक जाँदै गरेका साहलाई प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा निजले लुकाएर राखेको अवस्थामा स्रोत नखुलेको उक्त नगद बरामद गरेको प्रहरीले जनाएको छ।

साहले शरीरका विभिन्न भागमा लुकाएर बोकेको अवस्थामा स्रोत नखुलेको रु. एक हजार दरका नोट आठ सय एक थान र रु. पाँच सयका नोट नौ थान बरामद गरेको हो।

पक्राऊ परेका साह र उनी सवार मोटरसाईकलसहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ३० असोज २०८१ १९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =