सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई उजुरी

हिमाल प्रेस ३० असोज २०८१ १५:२३ | Wednesday, October 16, 2024
सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई उजुरी

काठमाडौँ- सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी परेको छ। हिजो मंगलबारसम्म उजुरी दिने समय थियो। जसअनुसार एउटा इमेलबाट र एउटा लिखित उजुरी परेको संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछानेले बताइन्।

गत असोज १५ गते सुनुवाइ समितिले सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशहरू नृपध्वज  निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो। लामिछानेका अनुसार पाण्डेविरुद्ध उजुरी परेको छैन।

निरौलाविरुद्ध एउटा उजुरी सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितता गरेको दावी गरिएको छ। अर्को उजुरीमा उनी मुख्य रजिस्ट्रारबाट सिधै आएको र अन्य योग्यता पुगेकालाई छोडेर सर्वोच्च ल्याइएको आरोपसहितको उजुरी परेको छ। सर्वोच्च अदालतको भवन निर्माण गर्दा महाअभियोग लागेर निलम्बनमा परेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वमा थिए भने मुख्य रजिस्ट्रारको रूपमा निरौला थिए।

उनी राणाकै समयमा उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस पनि भएका थिए। समितिले अब उजुरीहरूलाई खोलेर सुनुवाइ सुरु गर्नेछ। सुनुवाइ समितिले अनुमोदन गरे उनीहरू राजदूत नियुक्त हुनेछन्। अब केहीदिनभित्रै संसदीय सुनुवाइ समितिको बैठक आह्वान गर्ने र सुनुवाइ गर्ने तयारी छ।

प्रकाशित: ३० असोज २०८१ १५:२३ | Wednesday, October 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast