नदीले बगाएर एकजनाको मृत्यु

हिमाल प्रेस २७ असोज २०८१ १६:४४ | Sunday, October 13, 2024
नदीले बगाएर एकजनाको मृत्यु प्रतीकात्मक तस्बिर।

दमौली– दमौलीको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आइतबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए।

दसैंमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो। स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो।

प्रकाशित: २७ असोज २०८१ १६:४४ | Sunday, October 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast