चलचित्र ‘ताण्डवम्’ को प्रदर्शन मिति घोषणा

हिमाल प्रेस २७ असोज २०८१ ११:५७ | Sunday, October 13, 2024
चलचित्र ‘ताण्डवम्’ को प्रदर्शन मिति घोषणा

काठमाडौँ- नेपाली सिनेमाका चर्चित कलरिस्ट जुनिम गहतराजले निर्देशनमा डेब्यु गरेको सिनेमा ‘‘ताण्डवम्’ काे प्रदर्शन मिति घोषणा गरिएको छ। दशमीको अवसर पारेर सिनेमाको ‘भ्यालेन्टाइन डे’ अर्थात् फागुन २ गतेलाई प्रदर्शन घोषणा गरिएको हो।

सिनेमाको गतवर्ष माघमा छायांकन गरिएको थियो। हाल पोस्ट प्रोडक्सनमा रहेको सिनेमाको शनिबार विजयदशमीमा एक थिम पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पक्का गरिएको हो।

यही सिनेमाबाट कलरिस्ट जुनिमले अभिनय र निर्देशनमा डेब्यु गरेका हुन् । सिनेमामा उनको जोडी डेब्यु अभिनेत्री सरिना मगरसँग बाँधिएको छ। सिनेमामा जुनिम र सरिनासँगै अंकीत खड्का, पुस्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्। घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन रहेको छ। सिनेमाको कथा,पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

जुनिमले ‘पानीफोटो’ ‘पशुपति प्रसाद २ : भष्मेडनु’, ‘खुस्मा’, ‘चिसो मान्छे’ र ‘परस्त्री’ लगायतका दर्जन बढी सिनेमामा कलरिस्टको रूपमा काम गरिसकेका छन्।

प्रकाशित: २७ असोज २०८१ ११:५७ | Sunday, October 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast