पूर्वमुख्यमन्त्री राउतका स्वकीय सचिव जसपामा प्रवेश

हिमाल प्रेस २५ असोज २०८१ १६:४९
14
SHARES
पूर्वमुख्यमन्त्री राउतका स्वकीय सचिव जसपामा प्रवेश

काठमाडौँ- मधेश प्रदेशका पहिलो मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दीपक यादवले जनता समाजवादी पार्टी (जसपा) नेपाल छाडेका छन्।

यादव जसपा नेपाल छाडेर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्।

शुक्रबार वीरगञ्जमा आयोजित एक कार्यक्रमका बीच जसपाका उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले उनलाई पार्टी प्रवेश गराएका हुन्। राउतका स्वकीय सचिव दीपक जसपा नेपाल पर्साका सह–इन्चार्जसमेत हुन्।

पार्टी प्रवेश गराउँदै खानेपानीमन्त्री यादवले दीपकजस्ता कर्मठ र अनुभवी नेताको आगमनले जसपालाई थप बलियो बनाउने बताए।

जसपाका उपमहासचिव मन्त्री यादव गृह जिल्लामा पछिल्लो समय जसपा नेपालका असन्तुष्ट नेता कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउन सक्रिय भएका छन्।

जसपा नेपालका महासचिवसमेत रहेका पूर्वमुख्यमन्त्री राउतले एक वर्षअघि स्वकीय सचिवबाट हटाएपछि दीपक असन्तुष्ट बनेको बताइएको छ।

पार्टी प्रवेश कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जसपाका केन्द्रीय सदस्य मोहनलाल चौधरी, पूर्वप्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जनसाह सोनारलगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =