जनकपुरको राजदेवी मन्दिरमा भित्र्याइयो फूलपाती

हिमाल प्रेस २४ असोज २०८१ १३:२२ | Thursday, October 10, 2024
जनकपुरको राजदेवी मन्दिरमा भित्र्याइयो फूलपाती

जनकपुरधाम- विजया दशमीको सातौं दिन जनकपुरको राजदेवी मन्दिरसहित विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याइएको छ।

बिहीबार बिहान राजदेवी मन्दिरमा हिन्दु परम्परा अनुसार बेलको रूखबाट बेल तोडेर फूलपाती भित्र्याइएको हो।

त्यसअघि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टुकडीले मन्दिर परिसरमा सलामी दिएको थियो। राजदेवी मन्दिरमा फूलपाती भित्र्याउनअघि सलामी दिने परम्परा रहेको छ।

राम मन्दिरका महन्त राम गिरी वैष्णवको नेतृत्वमा बाजागाजसहित श्रद्धालुहरूको लावालस्कर बेलको रूखसम्म पुगेर बेल तोडेका थिए।

राजदेवी मिथिलाका राजा जनकको कुल देवता रहेको बताइन्छ।

फूलपाती भित्र्याउने कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारी, नागरिक समाज, युवा क्लबका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतासहित श्रद्धालुहरूको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो।

यसैगरी राजदेवी मन्दिरसहित जनकपुरको रामानन्द चोक, मुरली चोक, भ्रमरपुरा चोक, पिडडिया माइस्थान, राजदेवी चोक, रजौललगायतका स्थानमा भइरहेको दसैं पूजाघरहरुमा समेत धुमधामका साथ फुलपाती भित्र्याइएको छ।

प्रकाशित: २४ असोज २०८१ १३:२२ | Thursday, October 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast