दसैँमा पनि खुला हुनेछ सर्वोच्च अदालत

हिमाल प्रेस १७ असोज २०८१ १२:५९
10
SHARES
दसैँमा पनि खुला हुनेछ सर्वोच्च अदालत सर्वोच्च अदालत

काठमाडौँ- सर्वोच्च अदालत दसैँ पर्वका लागि आज (असोज १७ गते) देखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ।

उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि दिउँसो ३ बजेसम्म सर्वोच्च खुला हुने भएको हो।

सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो।

प्रकाशित: १७ असोज २०८१ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =