यी जिल्ला बाढीको उच्च जोखिममा

हिमाल प्रेस १६ असोज २०८१ १२:११
10
SHARES
यी जिल्ला बाढीको उच्च जोखिममा फाइल तस्बिर।

काठमाडौँ- आजबाट पूर्वी जिल्लामा वर्षा हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले वर्षाबाट पूर्वका ९ जिल्ला प्रभावित हुने जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको सूचना अनुसार ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ।

त्यसैले आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार ठूला नदीहरुमा बाढीको जोखिम नभए पनि साना नदी तथा खोलाहरुमा आकस्मिक बाढीको जोखिम छ।

प्रकाशित: १६ असोज २०८१ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 20 =