इरानमा बाढी, १५ जनाको मृत्यु

हिमाल प्रेस १५ असोज २०८१ १४:४७
8
SHARES
इरानमा बाढी, १५ जनाको मृत्यु

तेहरान- इरानको दक्षिणी सहरमा आएको बाढीबाट १५ जनाको मृत्यु भएको छ। हलिल नदीमा आएको बाढी कारण बेपत्ता हुनेमध्ये अन्तिम शव जिरोफ्टमा फेला परेपछि कुल १५ जनालाई मृत घोषित गरिएको छ।

इर्ना समाचार समितिका अनुसार खोजी र उद्धार अभियान समाप्त भएको छ। सोमबारको बाढीमा परी मृत्यु भएका लगभग सबै इस्लामिक गणतन्त्रमा बसोबास गर्ने अफगान नागरिक रहेको समितिले जनाएको छ।

जिरोफ्ट सामान्य रूपमा सुख्खा दक्षिणी प्रान्त केरमानमा अवस्थित एउटा सहर हो। इरानले विगत एक दशकमा बारम्बार विनाशकारी बाढीको सामना गर्दै आएको छ।

सन् २०२२ मा इरानको दक्षिणी क्षेत्रमा आएको भारी वर्षाले कम्तीमा ८० जनाको ज्यान लिएको थियो र करिब २० करोड डलरको क्षति भएको अनुमान गरिएको थियो।

प्रकाशित: १५ असोज २०८१ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =