नागरिकको जीवनरक्षाका लागि उद्धार र राहतमा जुट्न सभामुखको अपिल

हिमाल प्रेस १२ असोज २०८१ १९:०६ | Saturday, September 28, 2024
नागरिकको जीवनरक्षाका लागि उद्धार र राहतमा जुट्न सभामुखको अपिल

काठमाडौँ- सभामुख देवराज घिमिरेले देशभर ठूलो मात्रामा भएको भौतिक र मानवीय क्षतिले आफूलाई स्तब्ध बनाएको बताएका छन्। सभामुख घिमिरेले बाढी पहिरोमा परी दिवंगत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन्।

उनले विपद्मा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको खोजबिनका लागि विशेष ध्यान दिन स्थानीय प्रशासन र सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन्।

वर्षा भोलिसम्म जारी रहने पूर्व अनुमान रहेकाले आफ्नो गाउँघर र आसपासका क्षेत्रहरूमा सम्भव सबै सुरक्षा अपनाउन घिमिरेको आग्रह छ।

‘नजिकै रहेका छिमेकीलाई मानवीय सहयोग आवश्यक परेको अवस्थामा सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहलाई सूचना दिन र समन्वय गर्न अपिल गर्दछु,’ उनले जारी गरेको अपिलमा भनिएको छ, ‘विपद्को यस्तो घडीमा नागरिकको जीवन रक्षाका लागि सक्रियतापूर्वक उद्धार र राहतमा जुट्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार साथै सुरक्षा निकाय, जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कर्मचारी वर्ग, सामाजिक संघसंस्था र आम नेपाली जनतामा आह्वान गर्दछु।’

प्रकाशित: १२ असोज २०८१ १९:०६ | Saturday, September 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast