लेबनान र सिरियामा तनाव बढिरहँदा कस्तो छ नेपाली शान्ति सैनिकको अवस्था?

हिमाल प्रेस ११ असोज २०८१ १९:१२ | Friday, September 27, 2024
लेबनान र सिरियामा तनाव बढिरहँदा कस्तो छ नेपाली शान्ति सैनिकको अवस्था?

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले लेबनान र सिरियामा कार्यरत नेपाली शान्ति सैनिकको अवस्थामा जानकारी लिएका छन्। उनले शुक्रबार वर्तमान सुरक्षा स्थिति र विविध पक्षबारे भर्चुअल माध्यमबाट जानकारी लिएका हुन्।

छलफलमा सम्बन्धित क्षेत्रका शान्ति सेनाका डेपुटी फोर्स कमान्डर र सिनियर नेसनल अधिकृतहरूले लेबनान र सिरियाको पछिल्लो सुरक्षा स्थिति र विकसित घटनाक्रमहरूको बारेमा प्रधानसेनापतिलाई जानकारी गराएका थिए।

सोही क्रममा प्रधान सेनापतिले त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न तयारी अवस्थामा रहँदै धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिए। उनले प्रतिकूल अवस्थामा समेत नेपाली शान्ति सैनिकहरूले देखाएको अनुशासन र कर्तव्यपरायणताको प्रशंसा गरेका थिए। हाल उक्त मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।

अहिले विशेष गरी लेबनानमा सुरक्षा खतरा बढेको छ। इजरायल र हेजबुल्लाहबीच युद्ध भइरहेको छ। जसकारण लेबनानमा धेरै सर्वसाधारणले पनि ज्यान गुमाएका छन्। इजरायलले दक्षिणी लेबनान र बेका क्षेत्रमा आक्रमण जारी राखेको छ ।

प्रकाशित: ११ असोज २०८१ १९:१२ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast