उपनिर्वाचन : मंसिर २ गते उम्मेदवारी दर्ता

हिमाल प्रेस १० असोज २०८१ १४:२०
14
SHARES
उपनिर्वाचन : मंसिर २ गते उम्मेदवारी दर्ता निर्वाचन आयोग

काठमाडौँ- स्थानीय तहमा रिक्त पदको उपनिर्वाचनका निम्ति आउँदो मंसिर २ गते उम्मेदवारी दर्ता गरिने भएको छ। मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए।

बिहीबार आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। त्यसअनुसार मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरिनेछ। सोही दिन बेलुका ५ देखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने जनाइएको छ।

मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने आयोगको कार्यतालिका छ। सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ। मंसिर १६ गते उपनिर्वाचन हुँदै छ।

प्रकाशित: १० असोज २०८१ १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =