दसैँका लागि असोज १२ गतेदेखि टिकट बुकिङ खुला हुने

हिमाल प्रेस ८ असोज २०८१ १९:०६ | Tuesday, September 24, 2024
दसैँका लागि असोज १२ गतेदेखि टिकट बुकिङ खुला हुने

काठमाडौँ- दसैँका लागि असोज १२ गते शनिबारदेखि टिकट बुकिङ खुला हुने भएको छ। मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा सरोकारवालाबीच भएको बैठकले मध्यम र लामो दूरीका सर्वाजनिक यातायातमा टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

बैठकले यातायात व्यवसायीहरूले यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, यात्रुले अनिवार्य रुपमा टिकट लिएर मात्र यात्रा गर्ने, अनधिकृत काउन्टर, परिचयपत्र, पोसाक नभएका व्यक्तिहरूबाट टिकट बिक्री गर्ने कार्यलाई पुर्णतया निर्णय गर्नेलगायतका निर्णय गरेको छ।

साथै यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्नेबाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधनहरू असोज १७ (घटस्थापना)देखि कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँ सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरिएको छ। यद्यपि आयातित मालवाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालवाहक सवारीको हकमा नियमानुसार राजश्व तिरेको रसिद हेरी तेस्रो मुलुकका आयात/निर्यातजन्य ढुवानीका साधनहरु भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणघाटदेखि काठमाडौँसम्मको सडकखण्डमा आवतजावतमा रोक नलगाउने निर्णय गरेको छ।

प्रकाशित: ८ असोज २०८१ १९:०६ | Tuesday, September 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast