काठमाडौँ- राप्रपा नेपालको तराई मधेश राष्ट्रिय सम्मेलन पर्साको वीरगञ्जमा हुने भएको छ। असोज १३ र १४ गते वीरगञ्जमा आयोजना हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिव पराजुलीले जानकारी दिए।
पराजुलीका अनुसार तराई मधेश क्षेत्रका २२ जिल्लाका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा राजनीतिकसँगै तराई मधेश केन्द्रित, आर्थिक, सामाजिक, सांस्कृतिक पक्ष समेटिएको कार्यपत्र पनि प्रस्तुत गरिने कार्यतालिका रहेको पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ।
सम्मेलनले तराई मधेश राष्ट्रिय सम्मेलन घोषणापत्र समेत जारी गर्नेछ।
प्रकाशित: ७ असोज २०८१ १२:०० | Monday, September 23, 2024
प्रतिक्रिया




