फ्रान्सेली दूतावासद्वारा पाराओलम्पिक विजेता पलेशालाई सम्मान

हिमाल प्रेस ३ असोज २०८१ ११:१७ | Thursday, September 19, 2024
फ्रान्सेली दूतावासद्वारा पाराओलम्पिक विजेता पलेशालाई सम्मान

काठमाडौँ- नेपालस्थित फ्रान्सेली दूतावासले पाराओलम्पिक विजेता पलेशा गोवर्धनलाई सम्मानित गरेको छ। दूतावासमा आयोजित एक समारोहका बीच गोवर्धनलाई सम्मान गरेको हो।

गोवर्धनले पेरिस २०२४ पाारालम्पिक खेलकुदमा ५७ केजी वर्गमा कास्य पदक जितेकी थिइन्। पारा तेक्वान्दो प्रतिस्पर्धामा उनले कायस्य पदक हासिल गरेकी थिइन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसमेत उपस्थित रहेको कार्यक्रममा फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभालले पारालम्पिकमा प्राप्त गरेको उपलब्धिप्रति गोवर्धनलाई बधाई दिएकी थिइन्।

राजदूत कोर्टेभालले भनिन्,‘पलेशालाई हामीले आशा र दृढ संकल्पको किरणको रूपमा हरेका छौं। उहाँको यात्रा, सपना र चुनौतीहरू जित्ने साहसलाई प्रतिबिम्बित गरेको छ।’

कार्यक्रममा फ्रान्स र नेपाललगायत अन्य देशहरूबीच व्यापार, संस्कृति, शिक्षासहितका क्षेत्रमा भइरहेका सहकार्यबारे जानकारी गराइएको थियो।

उक्त अवसरमा दूतावासले सेप्टेम्बर २८ लाई ‘चुज फ्रान्स टुर’ को रूपमा घोषणा गरेको छ। यो कार्यक्रमअन्तर्गत नेपाली विद्यार्थीहरूले फ्रान्समा अध्ययन गर्नुका साथै १५ भन्दा बढी प्रतिष्ठित फ्रान्सेली शैक्षिक संस्थाका प्रतिनिधिलाई भेट्ने मौका पाउने दूतावासले जनाएको छ।

प्रकाशित: ३ असोज २०८१ ११:१७ | Thursday, September 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast