राजेन्द्र महतोले घोषणा गरे राष्ट्रिय मुक्ति क्रान्ति पार्टी

हिमाल प्रेस १ असोज २०८१ १४:५९ | Tuesday, September 17, 2024
राजेन्द्र महतोले घोषणा गरे राष्ट्रिय मुक्ति क्रान्ति पार्टी

काठमाडौँ- राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका महतोले राष्ट्रिय मुक्ति क्रान्ति पार्टीको घोषणा गरेका हुन्।

गत फागुनदेखि यही नाममा अभियान चलाइरहेका महतोले आज मंगलबार काठमाडौँबाट नयाँ दलको घोषणा गरेका हुन्।

‘मंसिरदेखि सशक्त शान्तिपूर्ण संघर्ष र विद्रोहको चरणमा प्रवेश गर्ने कार्यदिशा रहेको र त्यस भन्दा पहिले नै राष्ट्रिय मुक्ति क्रान्तिले उठाएका मांग र मुद्दालाई देश, जनताको अगाडी औपचारिक रुपले अल्टिमेटमसहित सार्वजनिक गर्ने कार्यक्रम पार्टीको तर्फबाट गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै तत्काल नै अभियानलाई पार्टीको रुपमा रुपान्तरण गर्ने गरी राष्ट्रिय मुक्ति क्रान्तिको असोज १ गते बसेको राष्ट्रिय समितिको बैठकले श्री राजेन्द्र महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेको छ,’ नवघोषित पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १ असोज २०८१ १४:५९ | Tuesday, September 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast