विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै

हिमाल प्रेस १ असोज २०८१ १०:३० | Tuesday, September 17, 2024
विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै

भोजपुर- विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन्। रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन्।

अरुण गाउँपालिका-७ सिक्रेटारका स्थानीयले विद्युत् अवरुद्ध समस्या तथा रूखले तार छोएपश्चात् दुर्घटनाको सम्भावना बढेकाले श्रमदान गरेर झाडी हटाएका हुन्। श्रमदान अभियान सञ्चालन गरेर विद्युत् लाइन आसपासमा रहेका रूखबिरुवा हटाउने तथा छाँटकाँट गर्ने काम गरिएको वडा-७ का वडाध्यक्ष कुमार थापाले बताए।

वडा कार्यालयको अगुवाइमा भएको यो अभियानमा स्थानीयहरू भेला भएर वडाका सबै टोलबस्तीहरुमा रहेका विद्युत्को तार तथा पोलहरुमा छोएका रूखबिरुवाहरू हटाउने छाँटकाँट गर्नेलगायतका काम गरिएको वडाध्यक्ष थापाको भनाइ छ।

‘श्रमदानमार्फत वडाभित्रका विभिन्न काममा जुटिरहेका छौँ,’ उनले भने, ‘खास गरेर रूखले विद्युतीय तारमा छोएर हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक काम गरेका छौँ। त्यस्तै सडक मर्मत तथा सरसफाइको कामलाई पनि अघि बढाएका छौँ। रासस

प्रकाशित: १ असोज २०८१ १०:३० | Tuesday, September 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast