छजना सहकारी सञ्चालकमाथि कारबाही सिफारिस

हिमाल प्रेस ३१ भदौ २०८१ १७:२७ | Monday, September 16, 2024
छजना सहकारी सञ्चालकमाथि कारबाही सिफारिस सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरू। तस्बिर‍ : रासस

काठमाडौँ– सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले गितेन्द्रबाबु राईसहित ५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ। समितिले सोमबार प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा यस्तो सिफारिस गरिएको छ।

‘सहकारी बचत रकम अपचलनमा संलग्न रही फरार गितेन्द्रबाबु (जीबी) राई, थानबहादुर बुढामगर (सूर्यदर्शन पोखरा) दिनेश रोक्का (सहारा चितवन) सागर केसी (सुप्रिम, बुटवल) तस्बिरण खातुन (सानो पाइला, वीरगन्ज) र भूपेन्द्र राई (स्वर्णलक्ष्मी, काठमाडौँ) लाई शीघ्र खोजी गरी कानुनी दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिने’, प्रतिवेदनमा उल्लेख छ।

समितिले छानबिनका लागि खोजी गरेर उपस्थित गराइदिन गृह मन्त्रालयमार्फत नेपाल सरकारलाई निर्देशन गरेका अन्य फरार व्यक्तिहरूलाई अविलम्ब कानुनको दायरामा शिघ्र ल्याई बचत अपचलनमा कारबाही अघि बढाउन पनि सिफारिस गरेको छ।

यसैगरी सहकारी काननुविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा रकम प्रवाह गर्ने सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि, चितवन र सानोपाइला बचत तथा ऋण सहकारी संस्था लि, वीरगन्जका सञ्चालक एवं निर्णयप्रक्रियामा संलग्न सबैलाई कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन नेपाल सरकारलाई सिफारिस गरिएको छ।

कम्पनीमा रकम पठाएको देखिएका इमेज बचत तथा ऋण सहकारी संस्था लि, समानता बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी लि, आइएमई कोअपरेटिभ्सलाई कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन नेपाल सरकारलाई सिफारिस गरिएको छ।

प्रकाशित: ३१ भदौ २०८१ १७:२७ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast