श्रममन्त्री भण्डारी र रोमानीयाको राजदूतबीच भेटवार्ता

हिमाल प्रेस ३१ भदौ २०८१ ९:४८ | Monday, September 16, 2024
श्रममन्त्री भण्डारी र रोमानीयाको राजदूतबीच भेटवार्ता

काठमाडौँ- नेपालको लागि रोमानीयाको राजदूत डानियला सेजोनोभ तानले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग भेटवार्ता गरेका छन्।

नेपाल र रोमानीया बीच भएको श्रम सम्झौताको कार्यान्वयन तथा विभिन्न एजेन्टबाट भएका ठगी नियन्त्रणका सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटवार्ताका सम्बन्धमा सन् २०२४ जनवरी देखी रोमानीयामा करिब १९ हजार भन्दा बढि नेपालीलाई श्रमिक भिषा उपलव्ध गराइएको जानकारी दिएको मन्त्रालयबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। नेपाल सरकार र रोमानीया सरकार बीच गत वर्ष असोजमा श्रम सम्झौता कार्यान्वयन भए पनि श्रमिक औपचारिक तवरले रोमानीयामा जान सकेका छैनन्।

एजेन्टहरूले विभिन्न प्रलोभन देखाएर श्रमिकलाई अनौपचारिक तवरले रोमानीयामा पठाउने गरेको र सो कार्यका लागि ठूलो रकम असुल गरिरहेका छन्। राजदूत सेजोनोभ तान समेत विभिन्न एजेन्टहरूले फर्जी भिषा देखाउने, भिषा आवेदनमा समेत फर्जी इन्सुरेन्स डकुमेन्ट राख्ने गरेको विषयमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका छन्।

द्विपक्षीय समझदारी पत्रलाई व्यवस्थापन गराउने प्रोटोकल डकुमेन्ट निर्माण गर्न बाँकी रहेको र यसको लागि मागपत्र प्रमाणीकरण लगायत भिषा आवदेन प्रक्रियालाई के कसरी लाई सरलिकृत गर्न सकिन्छ भन्ने सम्बन्धमा गृहकार्य गरिरहेको मन्त्रालयले जानकारी दिएको छ।

युरोपमा ग्लोबल कम्प्याक्ट अन माइग्रेसनको सिफारिस बमोजिम नै युरोपमा श्रमिकको मानव अधिकार रहेको अवस्थामा नेपाली श्रमिकलाई औपचारिक तवरले रोमानीयामा पठाउन, ठगी नियन्त्रण गर्न तथा मागपत्र प्रमाणीकरणलाई सरलिकृत गराउने सम्बन्धमा संयुक्त प्राविधिक समितिबाट टुंगो लगाइने जानकारी मन्त्रालयबाट जारी विज्ञप्तीमा रहेको छ।

प्रकाशित: ३१ भदौ २०८१ ९:४८ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast