‘हिंसा’बारे सचेतकहरूसँग छलफल गर्दै सभामुख

हिमाल प्रेस ३० भदौ २०८१ ९:१५ | Sunday, September 15, 2024
‘हिंसा’बारे सचेतकहरूसँग छलफल गर्दै सभामुख सभामुख देवराज घिमिरे।

काठमाडौँ- सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न लागेका छन्।

आज बिहान ११ बजे सिंहदरवारमा उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।

सभामुखले ‘हिंसा’ शब्दबारे दलहरूलाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्यौल गर्न भनेकाले आज सोही विषयबारे छलफल गर्न लागेका हुन्।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय गरेका थिए।

उनको निर्णयमा असहमति जनाउँदै प्रतिपक्ष दलका सांसदहरूले संसद अवरोध गरेका थिए।

प्रकाशित: ३० भदौ २०८१ ९:१५ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast