काठमाडौँ- नेपाली कांग्रेसले सत्ता गठबन्धनका साझा उम्मेदवारलाई असहयोग गरेको भन्दै तीन जना नेतालाई कारबाही गरेको छ।
बारा निर्वाचन क्षेत्र -४ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) विरूद्ध प्रचारप्रसार गरेको भन्दै तीन नेतालाई कांग्रेसले अनुशासनको कारबाही गरेको हो।
कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले विज्ञप्ति जारी गरी कांग्रेसका जिल्ला उपसभापति अमिरीलाल राउत भेडियर, सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो।

प्रकाशित: ३ मंसिर २०७९ ९:४५ | Saturday, November 19, 2022
प्रतिक्रिया




