लागुऔषध कारोबार गरेको आरोपमा पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

हिमाल प्रेस २७ भदौ २०८१ २०:५७ | Thursday, September 12, 2024
लागुऔषध कारोबार गरेको आरोपमा पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ ढाकाकुमार श्रेष्ठ

पोखरा- पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको हो।

गत ३ साउनमा रोल्पा त्रिवेणी-७ का ४२ वर्षीय प्रकाश थापा मगरलाई ९७ चक्की लागुऔषधको ट्याब्लेटसहित पोखरा-२, बागलुङ बसपार्कबाट पक्राउ परेका थिए।

अनुसन्धानका क्रममा उनले पोखरा-९, पृथ्वीचोकस्थित दीया फार्मेसीबाट लागुऔषध  किनेको बयान दिएपछि उक्त फार्मेसीका सञ्चालक श्रेष्ठ पक्राउ परेका हुन्।

पोखरा-२४ निवासी ४२ वर्षीय श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनासदीप जिसीले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका श्रेष्ठ गत वर्ष ‘टेप प्रकरण’ का कारण पार्टीबाट निष्कासित भएका थिए।

प्रकाशित: २७ भदौ २०८१ २०:५७ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast