श्रीमती हत्याको आरोपमा जहरसिंह पक्राउ

हिमाल प्रेस २६ भदौ २०८१ १७:०३ | Wednesday, September 11, 2024
श्रीमती हत्याको आरोपमा जहरसिंह पक्राउ राधिकाको हत्या भएको सूचना पाएपछि पोखरा–८ कुँवरटोलमा पुगेको प्रहरी र भेला भएका सर्वसाधारण।

पोखरा- पोखरामा श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका-१ नौडाँडा घर भई हाल पोखरा-८ कुँवरटोलमा डेरा गरी बस्ने ४२ वर्षीय जहरसिंह कुँवर हुन्। उनले मंगलबार राति ४० वर्षीया श्रीमती राधिकालाई सामान्य विवादको कारण घाँटी र पेटमा खुकुरी प्रहार गरेका थिए।

छिमेकीले थाहा पाएपछि घाइते राधिकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा राति पौने १ बजे मृत्यु भएको हो। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले बुधबार जहरसिंहलाई खुकुरीसहित नियन्त्रणमा लिएको हो। कुँवरटोलबाट निजलाई नियन्त्रण लिने क्रममा आक्रोशित स्थानीयले उनीमाथि कुटपिट गरेका थिए। उनलाई जिल्ला प्रहरी कास्कीको हिरासतमा राखिएको छ।

कुँवर दम्पतीका एक छोरा छन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित: २६ भदौ २०८१ १७:०३ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast