भारतीयको डुबेर ज्यान गयो

हिमाल प्रेस २६ भदौ २०८१ १६:११ | Wednesday, September 11, 2024
भारतीयको डुबेर ज्यान गयो प्रतिनिधिमूलक तस्बिर

पोखरा- पोखरा घुम्न आएका एक भारतीय नागरिकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। पोखरा- १७ पावरहाउस्थित पावर हाउस रिसोर्टको स्विमिङ पुलमा डुबेर भारतको लखउन घर भएका २३ वर्षीय देवान सिंहको मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेका उनलाई साथीले देखेपछि तत्काल उद्धार गरेर अस्पताल लगिएको थियो। उनको गण्डकी मेडिकल कलेज ल्याएकोमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उनको मणिपाल शिक्षण अस्पतालमा पोस्ट मार्टमपछि बुवा रुकमेन्द्रप्रताप सिहले शव बुझेर भारततिर लागेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार उक्त रिसोर्टको स्विमिङ पुलमा अप्रिय घटना हुन नदिन लाइफगार्ड नराखेको र देवान डुबेको करिब ७ मिनेटपछि मात्र उद्धार भएको हो।

प्रकाशित: २६ भदौ २०८१ १६:११ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast