पत्रकार परशुरामलाई सहारा पुरस्कार

हिमाल प्रेस २५ भदौ २०८१ १९:२७ | Tuesday, September 10, 2024
पत्रकार परशुरामलाई सहारा पुरस्कार

पोखरा- यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ।

२०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध उनी नेशनल एफएम, तालचोकका अध्यक्षसमेत छन्।

छनोट समिति संयोजकमा पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी थिइन्। सदस्यमा क्लब सल्लाहकार दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, निवर्तमान अध्यक्ष हरिराम गुरुङ, पूर्व अध्यक्ष केशवबहादुर थापा, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ तथा पदेन सदस्यमा अध्यक्ष केशवराज बराल र महासचिव रामजीप्रसाद अधिकारी थिए।

खेलकुद बिटमा लामो समयदेखि कलम चलाउने पत्रकारलाई क्लबले बर्सेनि पुरस्कृत गर्दै आएको छ। यस्तै सहारा उत्कृष्ट सदस्य सम्मान लिलबहादुर थापालाई प्रदान गरिने भएको छ।

महासचिव रामजीप्रसाद अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिमा बिनु राना र सुशील रिमाल सदस्य थिए। यही ३० भदौमा सहारा क्लब स्थापनाको २६ औं वार्षिकोत्सव अवसरमा पुरस्कार तथा सम्मान प्रदान गरिने क्लबले जनाएको छ।

प्रकाशित: २५ भदौ २०८१ १९:२७ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast