उपराष्ट्रपति यादवले गरे पलेशालाई सम्मान

हिमाल प्रेस २४ भदौ २०८१ १६:२१
10
SHARES
उपराष्ट्रपति यादवले गरे पलेशालाई सम्मान

काठमाडौँ- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पेरिस पारा ओलम्पिकमामा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्। सोमबार उपराष्ट्रपति कार्यालयमा पलेशालाई सम्मान गरिएको उपराष्ट्रपति यादवको सचिवालयले जानकारी दिएको छ।

पलेशाले नेपालका लागि पहिलोपटक कांस्य पदक जितेकी हुन्। ‘पलेशाले देशको नाम उच्च राख्नु भएकोमा सम्पूर्ण नेपाली खुसी छौँ’ उपराष्ट्रपति यादवले भने, ‘पलेशाले नेपालका लागि इतिहास रच्दै विश्वभरि छरिएर रहेका नेपालीहरुलाई गौरवान्वित हुने सुनौलो अवसर प्रदान गर्नुभएको छ।’

उपराष्ट्रपति यादवले पलेशाको यो ऐतिहासिक सफलता उनको अथक परिश्रम, दृढ संकल्प, उत्कृष्ट प्रदर्शन तथा समर्पणबाटै प्राप्त भएको बताए।

प्रकाशित: २४ भदौ २०८१ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =