प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन शिक्षामन्त्रीको निर्देशन

हिमाल प्रेस २३ भदौ २०८१ २१:२२
14
SHARES
प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन शिक्षामन्त्रीको निर्देशन

भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन निर्देशन दिएकी छन्।

आज (आइतबार) ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज (आइतबार) आयोजित कार्यक्रममा उनले साक्षरताविना शिक्षा र शिक्षाविना विकास सम्भव नहुने भएकाले समयसापेक्ष यसको विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिइन्।

‘सरकार एक्लैको प्रयासले निरक्षरता उन्मूलन हुँदैन, सबै सरोकारवालाको सहभागितामा र सहयोगमा सरकारले काम गर्छ। आफ्नै मातृभाषामा सिक्ने अवसर प्रदान गर्न सरकारले प्रतिबद्ध छ, त्यसका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा लाग्नु आवश्यक छ,’ मन्त्री भट्टराईले भनिन्।

त्यस अवसरमा उनले प्रौढ महिलालाई कक्षा १० सम्म पढाउने ६ वटा महिला विद्यालयलाई सम्मान गरेकी थिइन्।

सम्मानित हुने भक्तपुरको आस्था महिला विद्यालय, काठमाडौँ चाबहिलको ज्ञानज्योति महिला विद्यालय, तीनकुनेको उत्प्रेरणा महिला विद्यालय, नयाँबजारको नमूना महिला विद्यालय र बुटबलको साधना महिला विद्यालय रहेका छन्। यस्तै, ज्ञानज्योति महिला विद्यालयबाट एसईई उत्तीर्ण गरी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत ४३ वर्षीया दिलमाया तामाङलाई केन्द्रले सम्मान गरेको छ।

प्रकाशित: २३ भदौ २०८१ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =