बाबुरामलाई महिन्द्रराय-गंगानारायण पक्षको आग्रह : अराजनीतिक गालीगलौज बन्द गर्नुहोस्

हिमाल प्रेस १६ भदौ २०८१ ६:४७
44
SHARES
बाबुरामलाई महिन्द्रराय-गंगानारायण पक्षको आग्रह : अराजनीतिक गालीगलौज बन्द गर्नुहोस्

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) महिन्द्रराय यादव–गंगानारायण श्रेष्ठ पक्षले आफ्ना पार्टीका अध्यक्ष र सहअध्यक्षमाथि अराजनीतिक गालीगलौज बन्द गर्न आग्रह गरेको छ। नेपाल समाजवादी पार्टी यादव–श्रेष्ठ पक्षले शनिबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै भाद्र १४ गते प्रवक्ता कृष्ण शर्माको नामबाट वक्तव्य जारी भएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

वक्तव्यमा पार्टीका अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठमाथि तल्लो स्तरको आरोप लगाइएको भन्दै सो आरोपको खारेज गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। महासचिव रमेश प्रसाद यादवको हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा आफ्ना अध्यक्ष र सहअध्यक्षमाथिको अराजनीतिक गालीगलौज बन्द गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रवक्ता कृष्ण शर्माको नामबाट मिति २०८१ भाद्र १४ गते प्रकाशित वक्तव्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। वक्तव्यमा पार्टीका अध्यक्ष र सहअध्यक्षमाथि तल्लो स्तरको आरोप लगाएको छ, त्यसको हाम्रो पार्टी खारेज गर्दछ। साथै अराजनीतिक गालीगलौज बन्द गर्न अनुरोध पनि गर्दछ।’

नेकपा माओवादी केन्द्रसँग एकता गर्ने कि नगर्ने भन्ने विवाद हुँदा नेपाल समाजवादी पार्टी दुई खेमामा बाँडिएको छ। दुई अध्यक्ष रहेका नेसपामा डा. बाबुराम भट्टराई पक्षधर माओवादी केन्द्रसँग एकता नगर्ने पक्षमा छ भने अर्का अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ पक्षधर भने माओवादी केन्द्रसँग एकता गर्ने तयारीमा रहेको छ ।

दुवै पक्षले छुट्टाछुट्टै पार्टीका गतिविधिहरु सञ्चालन गर्ने गरेका छन् । यसै सन्दर्भमा शुक्रबार डा.भट्टराई पक्षले प्रेस विज्ञप्ति जारी गर्दै यादव र श्रेष्ठलाई अनुशासनहीन व्यक्तिको संज्ञा दिँदै दूषित मनसायका साथ पार्टीको नाम, झण्डा र एजेन्डाहरूको दुरुपयोग गरी जनतालाई भ्रमित गरिरहेको आरोप लगाएको थियो।

प्रकाशित: १६ भदौ २०८१ ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =