कोशी सरकारबाट बाहिरिएको एक महिनापछि माओवादीले फिर्ता लियो समर्थन

हिमाल प्रेस १४ भदौ २०८१ १४:५८ | Friday, August 30, 2024
कोशी सरकारबाट  बाहिरिएको एक महिनापछि माओवादीले फिर्ता लियो समर्थन

इटहरी- नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको माओवादी संसदीय दलको बैठकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको रूपमा दिएको समर्थन फिर्ता लिएका हुन्।

सरकारबाट बाहिरिएको एक महिनापछि समर्थन फिर्ता लिने निर्णय भएको माओवादीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए। आङ्बोले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको पत्र पनि प्रदेशसभा सचिवालयमा बुझाइसकेको बताएका छन्।

प्रकाशित: १४ भदौ २०८१ १४:५८ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast