अवकाश रोक्न माग गर्दै एआईजी ज्ञवालीसहितका प्रहरी अधिकृतले हाले सर्वोच्चमा रिट

हिमाल प्रेस १२ भदौ २०८१ २१:४१ | Wednesday, August 28, 2024
अवकाश रोक्न माग गर्दै एआईजी ज्ञवालीसहितका प्रहरी अधिकृतले हाले सर्वोच्चमा रिट सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन्।

नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित पाँच जना उच्च अधिकृतले उमेर हदका कारण गरिएको अवकाश रोक्न आज (बुधबार) रिट निवेदन दायर गरेको र उक्त रिटमाथि बिहीबार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाश हुने व्यवस्था छ। अदालतमा विचारधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेर हदका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको छ।

प्रकाशित: १२ भदौ २०८१ २१:४१ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast