‘आँखा’ को टिजरमा सुकुम्बासी बस्तीको कथा

हिमाल प्रेस १० भदौ २०८१ १२:०६ | Monday, August 26, 2024
‘आँखा’ को टिजरमा सुकुम्बासी बस्तीको कथा

काठमाडौँ- आगामी असोज ११ देखि प्रदर्शनमा हुने फिल्म ‘आँखा’ को टिजर सार्वजनिक गरिएको छ। एक मिनेट ३७ सेकेन्डको टिजरमा सुकुम्बासी बस्तीका मानिसहरुको मर्मस्पर्शी कथा प्रस्तुत गरिएको छ।

फिल्ममा सुकुम्बासी व्यवस्थापनको मुद्दालाई मुख्य विषय बनाइएको छ। फिल्मका निर्देशक जोन योञ्जन हुन्। योञ्जनकै कथा, पटकथा लेखनका बनेको छ। निर्देशक योञ्जनकै लगानी रहेको फिल्मको कार्यकारी निर्माता नारायणप्रसाद बराल हुन्।

फिल्ममा स्मिता लामिछाने, आरके मेहता, सरोज खनाल, पशुपति राई, राजन खतिवडा, लुनिभा तुलाधर, प्रविण खतिवडा, विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, अभयराज बराल, रवीन्द्र झा लगायत कलाकारको अभिनय छ।

लामा सिनेमाज्, ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बनेको छ।

आलोक शुक्लाको छायांकन गरेको फिल्ममा दिपक आरजे र जयन जे वाइवाको संगीत, कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन, गंगा थापाको पार्श्व संगीत तथा किशोर आचार्यको ध्वनी मुद्रण छ।

प्रकाशित: १० भदौ २०८१ १२:०६ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast