बैतडीमा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

हिमाल प्रेस ६ भदौ २०८१ २१:२२ | Thursday, August 22, 2024
बैतडीमा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

बैतडी- बैतडीमा आज (बिहीबार) बेलुका मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ झलारी घर भएका मिनी ट्रक साहु जगदीश अवस्थीको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

धनगढीबाट बैतडीको दोगडाकेदार गाउँपालिका कफलकोट गइरहेको सुपप्र ०२ ००१ ख ०७३४ नम्बरको मिनी ट्रक कफलकोट नजिकै आज साँझ ७ बजे दुर्घटनामा भएको हो।

ट्रक चालक अम्मर अवस्थी र सहचालक राजेन्द्र राना दुर्घटनामा परेर घाइते भएका छन्। उनीहरूको उपचारको लागि  जिल्ला अस्पतालमा लगिएको छ।

सरिया र सिमेन्ट बोकेको मिनी ट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त मिनी ट्रक सडकबाट ६० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित: ६ भदौ २०८१ २१:२२ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast