ब्राउन सुगरसहित एक जना पक्राउ

हिमाल प्रेस ५ भदौ २०८१ १६:०० | Wednesday, August 21, 2024
ब्राउन सुगरसहित एक जना पक्राउ

काठमाडौँ- प्रहरीले सुनसरीबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ शिवगन्जका ३२ वर्षीय विष्णु मेहता रहेको प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारमा शरीर खानतलासी गर्दा उनको पाइन्टको खल्तीबाट खैरो हिराइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार मेहताको साथबाट ३३.२२ मिलिग्राम खैरो हिराइन बरामद भएको हो। पक्राउ परेका उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ भदौ २०८१ १६:०० | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast