काठमाडौँमा रातिदेखि वर्षा, दिउँसो गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने सम्भावना

हिमाल प्रेस ४ भदौ २०८१ ६:१५
12
SHARES
काठमाडौँमा रातिदेखि वर्षा, दिउँसो गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा समेत भइरहेको छ। काठमाडौँ उपत्यकामा रातिदेखि वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित: ४ भदौ २०८१ ६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast