काठमाडाैँ- शिक्षा तथा मानव स्राेत विकास केन्द्रले विद्यालयका कक्षाकोठाको थप विवरण मागेकाे छ। केन्द्रले सात वटै प्रदेशमा शिक्षा हेर्ने मन्त्रालयलाई पत्र पठाउँदै विवरण माग गरेकाे हाे। केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पनि विवरण पठाउन पत्रमार्फत भनेकाे छ।
गत आव २०८०/८१ को कार्यक्रम प्रगतिको समीक्षा र चालु आ.व. २०८१/८२ को शैक्षिक नीति तथा मार्गदर्शन र कार्यक्रम कार्यान्वयन सम्बन्धमा हुने अभिमुखीकरण कार्यक्रमसम्बन्धी पत्र (च.न. २८, २९ मिति २०८१।४।२१) यस केन्द्रको वेबसाइटमा छ।
सो पत्रमा उल्लेखित विवरणका अतिरिक्त प्रदेश वा स्थानीय तहको आफ्नै स्रोत वा कुनै संघसंस्थासँगको साझेदारीमा त्यस प्रदेश जिल्लाअन्तर्गत आव २०६०/८१ मा निर्माण भएका विद्यालयका कक्षाकोठाको संख्यात्मक विवरण ताेकिएकाे ढाँचामा तयार गरी उपलब्ध गराइदिन अनुराेध गरिएकाे छ।
विवरणमा स्थानीय तहको नाम, विद्यालयको नाम, ठेगाना भवन र कक्षाकोठा संख्या निर्माणको स्रोत हुनुपर्ने छ।
प्रदेश तहका मन्त्रालयले प्रदेश सरकारबाट आफ्नै लागत वा कुनै संस्थासँगको साझेदारीमा निर्माण भएका र EDCU ले जिल्ला अन्तर्गतका स्थानीय तहको आफ्नो स्रोत वा संस्थासँगको साझेदारीमा निर्माण भएका भवन र कक्षाकोठाको विवरण पठाइदिन पनि केन्द्रले अनुराेध गरेकाे छ।