सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

हिमाल प्रेस ३० साउन २०८१ १९:०१ | Wednesday, August 14, 2024
सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत कमलबहादुर शाह।

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत प्राप्त गरे।

मुख्यमन्त्री शाहले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा दुई तिहाई प्रदेश सांसदले मत दिए।

सभामुख भीमबहादुर भण्डारीले मत विभाजन गर्दा विश्वासको मतमा ‘हुन्छ’ भन्ने पक्षमा ३६ र ‘हुन्न’ भन्ने पक्षमा ८ जनाले मत दिएको घोषणा गरे। एक जना प्रदेश सांसद तटस्थ बसेका थिए।

५३ सदस्यीय प्रदेशसभाको आजको बैठकमा ४५ जना प्रदेश सांसद उपस्थित थिए। मुख्यमन्त्री शाहको पक्षमा नेपाली कांग्रेसका १८, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको ७ गरी ३६ जनाले मतदान गरे।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले विपक्षमा मतदान गरेका थिए। शाह साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थियो। यो उनको दोस्रो कार्यकाल हो।

प्रकाशित: ३० साउन २०८१ १९:०१ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast