भारतीय विदेश सचिवलाई उपप्रधानमन्त्री सिंहले भने : सीमाका नदीमा पुल बनाउन सहजीकरण गरौँ

हिमाल प्रेस २८ साउन २०८१ ११:४९
12
SHARES
भारतीय विदेश सचिवलाई उपप्रधानमन्त्री सिंहले भने : सीमाका नदीमा पुल बनाउन सहजीकरण गरौँ

काठमाडौँ- नेपाल भ्रमणका रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्। दुई दिने नेपाल भ्रमणमा रहेका सचिव मिश्रीले उपप्रधानमन्त्री सिंहसँग सोमबार बिहान शहरी विकास मन्त्रालयमा भेट गरेका हुन्। भेटमा मिश्रीले उपप्रधानमन्त्री सिंहलाई कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिएका थिए।

भेटमा शहरी विकास, फोहोर मैला व्यवस्थापन, बाग्मती, विष्णुमतिलगायतका नदिको स्वच्छता र सफाईलगायतका नेपाल भारतबिच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको छ।

उपप्रधानमन्त्री सिंहले भारतमा चलिरहेको स्वच्छ भारत अभियान र गंगा नदि सफाईको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने भन्दै सहकार्यका लागि आग्रह गरेका थिए। त्यस्तै, उनले नागरिकले आवतजावतमा समस्या भोगिरहेको भन्दै नेपालले महाकाली नदिमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको पनि बताए।

भेटमा नेपालको पूर्वाधार विकास,भुकम्प र कोभिडको समयमा भारतले गरेको सहयोगका लागि उपप्रधामन्त्री सिंहले धन्यवाद दिएका थिए।

‘नेपालको शहरी विकासको क्षेत्रमा भारतबाट के सहयोग हुनसक्छ भन्नेबारे छलफल भयो,’ भेटबारे शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले तुइनलाई विस्थापित गर्ने अभियाननै चलाएका छौं। सीमा नदीमा झोलुंगे पुल बनाउन भारतको सहमति चाहिन्छ। त्यो सहमति लिने प्रक्रिया सरल र सहज होस् भनेर हामीले कुराहरू राख्यौं। उहाँहरू त्यसमा सकारात्मक हुनुभयो।’

भारतको इन्डोरलगायतका केही शहरमा स्वच्छ भारत अभियानअन्तर्गत भइरहेको फोहोरमैला व्यवस्थापन र गंगा नदि सफाईको अनुभव र प्रविधि आदानप्रदानमा सहकार्यबारे पनि भेटमा सकारात्मक छलफल भएको थियो। भारतका विदेश सचिव मिश्रीले नेपालको शान्ति,स्थायीत्व र समृद्धिका लागि भारतको सँधै साथ सहयोग रहने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast