समाज परिवर्तन गर्ने राजनीति गर्नुपर्छः खेलकुदमन्त्री चौधरी

हिमाल प्रेस २७ साउन २०८१ १५:०७ | Sunday, August 11, 2024
समाज परिवर्तन गर्ने राजनीति गर्नुपर्छः खेलकुदमन्त्री चौधरी युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी

काठमाडौँ-  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताएका छन्। ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा चौधरीले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताए।

विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको चौधरीको भनाइ छ। डिजिटलाइजका कारण बिस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरू हट्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे।

डिजिटलको प्रयोग गर्नुपर्ने तर त्यसको विकृति र विसंगतिलाई रोक्न आवश्यक रहेको उनको भनाइ छ। मन्त्री चौधरीले सरकारले खेलकुद र युवालाई आवश्यक महत्त्व दिन नसकेको स्वीकारे। युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट दिइएको भन्दै उनको असन्तुष्टि थियो। उनले स्थानीय तहमा युवालाई राम्रोसँग परिचालन गर्न सक्नुपर्ने बताए।

‘अहिले विद्यालयमा खेलकुदहरू छैनन्। डिजिटल गर्दा बिस्तारै-बिस्तारै खेलकुद हट्दै गएको छ। स्कुलमा खेलकुद गराउँदैन। किनभने पहिला पहिला खेलकुदको साधन हुन्थ्यो। खेल्ने ठाउँ हुन्थ्यो, अहिले खेलकुद छैन,’ चौधरीले भने।

प्रकाशित: २७ साउन २०८१ १५:०७ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast