भारतका विदेश सचिव नेपाल आउँदै

हिमाल प्रेस २७ साउन २०८१ ६:४४ | Sunday, August 11, 2024
भारतका विदेश सचिव नेपाल आउँदै

काठमाडौँ- भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौँ आउँदैछन्।

परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेका हुन्। विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमणमा निस्कने परम्पराअनुसार भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका अवसरमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा दुई पक्षबीच कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ। उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: २७ साउन २०८१ ६:४४ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast