अर्काे चुनाव कांग्रेस एक्लैले लडनुपर्छ : कांग्रेस उपसभापति गुरुङ

हिमाल प्रेस २६ साउन २०८१ १६:३७ | Saturday, August 10, 2024
अर्काे चुनाव कांग्रेस एक्लैले लडनुपर्छ : कांग्रेस उपसभापति गुरुङ

पोखरा- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी ०८४ को चुनावमा कुनै पनि दलसँग गठबन्धन नगरी कांग्रेस एक्लै लडनुपर्ने सुझाव दिएका छन्।

नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए) आयोजनामा पोखरामा शनिबार स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै पूर्वकानुन मन्त्रीसमेत रहेका नेता गुरुङले यस्तो बताएका हुन्।

अघिल्ले चुनावको परिणाम स्मरण गर्दै उनले भने, ‘कांग्रेस हात्ती हो। चमेराले बास बस्यो भने फोहोर गर्छ भनिएकै हो।’

उनले देशभक्तिका लागि एक ठाउँमा उभिनुपर्नेमा कसैले नकार्न नसक्ने बताए। गुरुङले संविधान कांग्रेसको एकल दस्तावेज तथा घोषणापत्र जस्तो पनि नभएको र सम्पूर्ण दल एकाकार भएर निर्माण भएको बताए।

उनले कानुनी प्रक्रियाको अनभिज्ञताका कारण स्थानीय तहमा जनप्रतिनिधिले धेरै दुःख पाएको बताए। नेता गुरुङले भने, ‘मेयर साप सही गरिदिनुप¥यो भनी आउँछन्, गरिदिनै पर्‍यो। यसले अन्ततः कुनै दिन अख्तियारको ढोकामा समेत पुर्‍याउने गरेको छ।’

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निर्णय गरिसकेपछि नपछुताउन निर्णयका निम्ति नहतारिन सुझाव दिए। उनले हाल इण्डोनेशियामा करिब ५० जना मेयर जेलमा रहेको प्रसंग सुनाए।

डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको आबद्धता नहुने गरी  संविधान संशोधन आवश्यक रहेको बताए।

गण्डकीका विभिन्न पालिकाका प्रमुख/उपप्रमुख एवं अध्यक्ष/उपाध्यक्षले भाग लिएको कार्यक्रममा डिएलए नेपालका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र अर्थविद् बाबुराम सुवेदीले सहजीकरण गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेल, डिएलए उपाध्यक्ष कविता थापा कार्की, डिएलएस कास्की अध्यक्ष कपिलमणि दाहाललगायत बोलेका थिए।

नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले आगामी ०८४ को चुनावमा कुनै पनि दलसँग गठबन्धन नगरी कांग्रेस एक्लै लडनुपर्ने सुझाव दिएका छन्।

प्रकाशित: २६ साउन २०८१ १६:३७ | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast