माध्यमिक शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षा कात्तिक १० गते [विज्ञापनसहित]

हिमाल प्रेस २६ साउन २०८१ ७:५२ | Saturday, August 10, 2024
माध्यमिक शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षा कात्तिक १० गते [विज्ञापनसहित]

काठमाडौँ– शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन गरेको छ। आयोगले शनिबार विज्ञापन प्रकाशित गरेको हो। दरखास्त दिने मिति भदौ २३ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर बुझाई दरखास्त दिने मिति भदौ ३० सम्म रहेको आयोगको सूचनामा उल्लेख छ।

अध्यापन अनुमतिका लागि सम्बन्धित विषयमा स्नातक तह वा सोसरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दसमहिने तालिम लिएको हुनुपर्नेछ। साथै विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन वा बाली विज्ञान विषयमा स्नातक गरेका व्यक्तिले तालिम नलिए पनि माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा उम्मेदवार हुन सक्नेछ।

योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइनमार्फत दरखास्त दिनुपर्ने आयोगको सूचनामा उल्लेख छ। परीक्षा सञ्चालन कात्तिक १० गते हुनेछ। परीक्षा एकै दिन हुने भएकाले एक व्यक्तिले एक प्रदेशभन्दा बढी प्रदेशबाट दरखास्त दिन पाउने छैनन्। परीक्षा शुल्क एक हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित: २६ साउन २०८१ ७:५२ | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast