टीआरसी विधेयकमा यस्तो छ दलहरूबीच भएको सहमति [पत्रसहित]

हिमाल प्रेस २३ साउन २०८१ १३:०९
2
SHARE
टीआरसी विधेयकमा यस्तो छ दलहरूबीच भएको सहमति [पत्रसहित]

काठमाडौँ-  बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले शीर्ष नेताहरूलाई प्रतिवेदन आज हस्तान्तरण गर्‍यो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा  प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन हस्तान्तरण गरिएको हो।

प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो।

कार्यदलमा कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका थिए।

यस्तो छ प्रतिवेदन 

टीआरसी प्रतिवेदन ओली, देउवा र प्रचण्डलाई हस्तान्तरण

प्रकाशित: २३ साउन २०८१ १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =