 
                             
                                            काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डाकेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको संयुक्त बैठक जारी छ। बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा जारी छ। बैठक बिहान नौ बजेदेखि सुरु भएको हो।
आगामी २३ गते बस्ने केन्द्रीय समिति बैठकको पूर्वतयारीका विषयमा सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बैठकमा बोलाएका हुन्।
बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने प्रस्तावबारे छलफल भइरहेको सभापति देउवाको सचिवालयले जनाएको छ। पार्टीका विभिन्न विभाग गठनको विषयमा सभापति र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाशबीच मतभिन्नता छ।
                            प्रकाशित: २१ साउन  २०८१ ९:५१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 